Rule 53
चौकिदार, नाइके, सहनाइके भर्ना गर्दा
चौकिदार, नाइके, सहनाइके खाली भै भर्ना गर्नुपर्दा जेलरले सबै कैदी वा थुनुवा चिन्न सक्ने असल चाल चलन भएको भरसक लामो अवधिको लागि कैद परेको कैदी वा थुनुवा मध्येबाट छानी भर्ना गर्नुपर्छ । भर्ना भैरहेको चौकिदार, नाइके, सहनाइकेले कानूनको बर्खिलाप गरेमा ऐन र प्रचलित नेपाल कानून बमोजिम गर्नुपर्ने भए गरी निजको ठाउ“मा अर्को भर्ना गर्नु पर्छ ।